काठमाडौं । मंगलबार सेयर बजार राताम्य भएर बन्द हुन्दा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज जम्मा ३२ कम्पनीको सेयर मूल्य बढेको दिन महालक्ष्मी विकास बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
महालक्ष्मी विकास बैंकको सेयर मूल्य आज ४० रुपैयाँ ५० पैसाले बढेर ४४६ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९८ प्रतिशतले बढी हो । त्यस्तै आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा विन नेपाल लघुवित्त, ज्योति विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र आरबीबी म्युच्युअल फण्ड १ रहेका छन् । आज विन नेपाल लघुवित्तको सेयर मूल्य पनि ८.८० प्रतिशत अर्थात् ३०८ रुपैयाँले बढेर ३ हजार ८०८ रुपैयाँ पुगेको छ ।
त्यस्तै आज ज्योति विकास बैंकको सेयर मूल्य १२ रुपैयाँले बढेर ३७० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.३५ प्रतिशतले बढी हो । आज सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि ३.११ प्रतिशत अर्थात् १३ रुपैयाँ १० पैसाले बढेर ४३४ रुपैयाँ १० पैसा पुगेको छ । त्यस्तै आज आरबीबी म्युचुअल फण्डको सेयर मूल्य ०.२७ रुपैयाँले बढेर ८ रुपैयाँ ९७ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.१० प्रतिशतले बढी हो ।






प्रतिक्रिया दिनुहोस्