Skip to content

सेयर बजार घट्दा धेरै मूल्य घट्ने पाँच कम्पनीमा दुई लघुवित्त र तीन हाइड्रोपावर

nabil bank

काठमाडौं । मंगलबार सेयर बजार राताम्य भएर बन्द भयो । कारोबार भएका कम्पनी मध्ये २०९ कम्पनीको सेयर मूल्य घटेको दिन धेरै मूल्य घट्ने शीर्ष पाँच कम्पनीमा दुई लघु वित्त र तीन हाइड्रोपावर कम्पनी रहेका छन् ।

आज सेयर बजारमा धेरै मूल्य घट्ने दुई लघुवित्तमा नेष्डो समृद्ध लघुवित्त र उन्नति सहकार्य लघुवित्त तथा तीन हाइड्रोपावरमा हिमालयन पावर पाटनर, राप्ती हाइड्राे एण्ड जनरल र रिभर फल्स पावर रहेका छन् ।

आज नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्य सबै भन्दा धेरै ६.६९ प्रतिशतले घटेको छ । आजको कारोबार बन्द हुँदा यो कम्पनीको सेयर मूल्य १६३ रुपैयाँले घटेर २ हजार २७३ रुपैयाँ पुगेको छ । त्यस्तै उन्नति सहकार्य लघुवित्तको सेयर मूल्य ९९ रुपैयाँले घटेर १ हजार ७४८ रुपैयाँ पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ५.३६ प्रतिशतले कम हो ।

आज हिमालयन पावरको सेयर मूल्य २९ रुपैयाँले घटेर ५८६ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ४.७२ प्रतिशतले कम हो । त्यस्तै राप्ती हाइड्रोको सेयर मूल्इ पनि ४.६८ प्रतिशत अर्थात् २८ रुपैयाँ ९० पैसाले घटेर ५८९ रुपैयाँ पुगेको छ । रिफर फल्सको सेयर मूल्य आज ३७ रुपैयाँ १० पैसाले घटेर ७६९ रुपैयाँ ९० पैसा पुगेको छ । जुन अघिल्लो दिनको भन्दा ४.६० प्रतिशतले कम हो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime