काठमाडौं । साताको सेयर कारोबार हुने तेस्रो दिन मंगलबार पनि सेयर बजार उच्च अंकले घटेको छ । अघिल्ला दुई दिन पनि उच्च अंकले घटेको बजार आज पनि ३२ दशमलव २१ अंकले घटेको हो ।
आजको कारोबार बन्द हुँदा नेप्से परिसूचक २७१९ दशमलव २० विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.१७ प्रतिशतले कम हो । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २०९ कम्पनीको सेयर मूल्य घटेको छ भने ३२ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य भने आज स्थिर रहेको छ ।
त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव २८ अंकले घटेर ४५६ दशमलव ४७ विन्दुमा पुगेको छ । सेयर बजारमा १३ उपसूचकमध्ये १२ उपसूचकको सेयर मूल्य घटेको छ भने एउटाको मात्रै बढेको छ ।
परिसूचक घटेको दिन कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ८ अर्ब ३७ करोड माथिको कारोबार भएको बजारमा आज ८ अर्ब ३९ करोड ११ लाख ४९ हजार ५० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३०३ कम्पनीका १ करोड ५५ लाख ५९ हजार ६८३ कित्ता सेयर ९२ हजार ३१ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।






प्रतिक्रिया दिनुहोस्