काठमाडौं । आज सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि फागुन २८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरूले मात्रै कम्पनीको सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
यस कम्पनीले चुक्ता पुँजीको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश पारितका लागि कम्पनीले आगामी चैत १५ गते काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ११ बजेदेखि सभा बोलाएको छ ।
प्रतिक्रिया दिनुहोस्