काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको साधारणसभा सम्पन्न भएको छ । कम्पनीले घोषणा गरेको लाभांश सहितका प्रस्ताव पारित गर्दै ३१ औं वार्षिक साधारणसभा सम्पन्न भएको हो ।
सभाले सञ्चालक समितिले निर्णय गरे बमोजिम हाल कायम चुक्ता पुँजीको ८.७५ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पारित गरेको छ । त्यसैगरी गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय पनि टुङ्गिएको छ ।
प्रतिक्रिया दिनुहोस्