Skip to content
Prabhu

डिजिटल बैंकिङ कारोबार गर्दा सुरक्षित नेटवर्कको प्रयोग गर्न राष्ट्र बैंकको अनुरोध

काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल बैंकिङ कारोबार गर्दा सुरक्षित नेटवर्कको मात्र प्रयोग गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक, निःशुल्क वा असुरक्षित वाइफाइ नेटवर्कमार्फत बैंकिङ कारोबार गर्दा वित्तीय विवरणमा अनधिकृत पहुँच पुग्न सक्ने भन्दै सचेत रहन सबैलाई अनुरोध गरेको हो ।

राष्ट्र बैंकको वित्तीय समावेशिता तथा ग्राहक संरक्षण महाशाखाले जारी गरेको सूचनामा ह्याकर तथा वित्तीय अपराधीहरूले असुरक्षित नेटवर्कको फाइदा उठाएर बैंकिङ विवरण चोरी गर्न सक्ने जोखिम औंल्याइएको छ । त्यसैले डिजिटल बैंकिङ कारोबार गर्दा बैंकको आधिकारिक वेबसाइट वा एप्लिकेसन प्रयोग गर्न, पासवर्ड तथा पिन कोड समय÷समयमा परिवर्तन गर्न, र सुरक्षित तथा विश्वसनीय नेटवर्कबाट मात्र कारोबार गर्न सुझाव दिइएको छ ।

global
अर्घाखाँची सिमेन्ट

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal