काठमाडौं । स्ट्यान्डर्ड चार्टर्ड बैंकको ६१ लाख भन्दा बढी सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । बैंकको बोनस बापतको ६१ लाख २१ हजार १४५ कित्ता सेयर मंगलबार नेप्सेमा सूचीकृत भएको हो ।
बैंकले चुक्ता पुँजीको ६.५० प्रतिशत बोनस वितरण गरेको थियो । उक्त सेयर सम्बन्धीत सेयरधनीको हितग्राही खातामा आएपछि खरिदबिक्री गर्न सकिने छ ।
प्रतिक्रिया दिनुहोस्