काठमाडौं । उच्च अदालत पाटनले विशाल बजार कम्पनी लिमिटेडको वार्षिक साधारण सभा (एजीएम) सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ । किशोर लोहिया लगायतका निवेदकहरूले कम्पनीको २०८१ साल माघ २९ गते दिएको निवदेनमा उच्च अदालत पाटनले एजीएम सम्बन्धी निर्णय कार्यान्वयन नगर्न आदेश दिएको हो ।
आदेश अनुसार, कम्पनीको वार्षिक साधारण सभासम्बन्धी निर्णय कार्यान्वयन नगर्नू र यथास्थितिमा राख्नु भन्ने व्यवस्था गरिएको छ । निवेदकहरूका तर्फबाट वरिष्ठ अधिवक्ताद्वय शम्भु थापा, सतिष कृष्ण खरेल तथा अधिवक्ताहरू युवराज बन्जाडे र दीपेन्द्र झाले बहस गरेका थिए । अदालतले कम्पनी ऐन, २०६३ को दफा १३९ (४) लाई आधार मान्दै सेयरधनीहरूको लगानीको मूल्यांकन नगरी कम्पनीको साधारण सभा सञ्चालन गर्दा उनीहरूको हक–हितमा प्रतिकुल असर पर्ने सम्भावना रहेको ठहर गरेको छ ।
प्रतिक्रिया दिनुहोस्