काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको कोष प्रवद्र्धकत्वमा रिलायबल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘रिलायबल समृद्धि योजना’ नामक म्युचुअल फन्डमा वैशाख ३ गतेदेखि आवेदन खुला हुने भएको छ । १ अर्ब रुपैयाँको उक्त म्युचुअल फन्डको योजना व्यवस्थापकमा रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल रहेको छ ।
१ अर्ब रुपैयाँको बिजपुँजीबराबरको १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ बिक्री खुला गरिनेछ । कुल इकाइमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाइमध्ये कोष प्रवद्र्धक रिलायबल नेपाल लाइफलाई १४ प्रतिशत बराबर १ करोड ४० लाख इकाइ र १ प्रतिशत बराबर १० लाख इकाइ योजना व्यवस्थापक रिलायबल क्यापिटलको लागि छुट्याइएको छ । बाँकी रहेको ८ करोड ५० लाख इकाइको सार्वजनिक निष्कासन गरिने कम्पनीले उल्लेख गरेको छ ।
लगानीकर्ताले यो योजनामा न्यूनतम १०० इकाइदेखि अधिकतममा १ करोड इकाइसम्म खरिद आवेदन दिन सक्नेछन् । यो योजनाको निष्कासनमा २०८२ वैशाख ७ गतेसम्म आवेदन दिन सकिने छ । तोकिएको अबधिमा इकाइ बिक्री नभएमा वैशाख १७ गते बैंकिङ समयसम्म आवेदन दिन पाइने छन् ।
यो योजनाम आबेदन दिन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै सीडीएससीको मेरो सेयर सफ्टवेयरमार्फत अनलाइन माध्यमबाट सक्नेछन् ।
रिलायबल समृद्धि योजना बन्दमुखी म्यच्युअल फण्ड हो । यसको अबधि १० बर्ष तोकिएको छ । यो योजनाका इकाइ खरिद गरेका लगानी कर्ताले इकाई बाँडफाँट पश्चात नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकरण भएपछि दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।






प्रतिक्रिया दिनुहोस्