काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा विन नेपाल लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । समग्र सेयर बजार बढेर कारोबार भइरहँदा पनि यो कम्पनीको सेयर मूल्यमा भने नकारात्मक सर्किट लागेर कारोबार भएको हो ।
आजको कारोबार जारी रहँदा यो कम्पनीको सेयर मूल्य ३८० रुपैयाँ ८० पैसाले घटेर ३ हजार ४२७ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक भने २ दशमलव ८७ अंकले बढेर २७२२ दशमलव ०८ विन्दुमा पुगेको छ ।
यो अवधिमा सेयर बजारमा १ अर्ब ७९ करोड माथिको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्