Skip to content

गरिमा विकास बैंकको साढे ३ लाख कित्ता सेयर बिक्रीमा

nabil bank

काठमाडौं । गरिमा विकास बैंकले ३ लाख ४९ हजार ९८०.९५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। जसमध्ये २ लाख ५१ हजार ९५२.११ कित्ता सर्वसाधारणले र ९८ हजार २८.८४ कित्ता सेयर बैंकका विद्यमान संस्थापक सेयरधनीहरूले खरिद गर्न सक्नेछन्।

शेयर खरिद गर्न इच्छुकले काठमाडौंको लाजिम्पाटस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ। सर्वसाधारणले आगामी १५ दिनभित्र र संस्थापक शेयरधनीले ३५ दिनभित्र आफूले खरिद गर्न चाहेको शेयर विवरण खुलाई आवेदन दिइसक्नु पर्ने छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime