Skip to content

ग्लोबल आइएमई बैंकद्वारा वैदेशिक शिक्षा र भाषा परीक्षा शुल्कमा ५० प्रतिशत छुट

nabil bank

काठमाडौं । ग्लोबल आइएमई बैंकले वैदेशिक शिक्षा तथा भाषा परीक्षाका लागि लाग्ने शुल्कको अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने भएको छ ।

नेपाली विद्यार्थीले विभिन्न अन्तर्राष्ट्रिय विश्वविद्यालयहरूको शैक्षिक शुल्क, बिमा शुल्कलगायत विभिन्न भाषा परीक्षाको शुल्क अनलाइन भुक्तानी गर्दा लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने बैंकले योजना ल्याएको हो । यो योजना अगस्ट ३१ सम्म लार्ग हुनेछ ।

अन्तर्राष्ट्रिय अनलाइन भुक्तानी सेवामा सेवाग्राहीहरूले भुक्तानीको लागि आवश्यक पर्ने सम्पूर्ण कागजजात पूरा गरेपछि बैंकले रकम भुक्तानीका लागि लाग्ने सेवा शुल्कमा ५० प्रतिशत छुट प्रदान गर्ने छ ।

ग्लोबल आइएमई बैंकले देशभर ३ सय ५५ शाखा कार्यालय, ३ सय ८५ एटीएम, २ सय ३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालयमार्फत सेवा दिँदै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime