Skip to content

चैत महिनाका लागि वाणिज्य बैंकको ब्याजदर : तीन वटाले घटाए, अन्यको यथावत

nabil bank

काठमाडौं । वाणिज्य बैंकहरुले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । वाणिज्य बैंकहरुले चैत महिनाका लागि मुद्दती निक्षेपको ब्याजदर सार्वजनिक गर्दा तीनवटा बैंकले ब्याजदर घटाएका छन् भने बाँकीको ब्याजदर फागुनकै कायम गरेका हुन् ।

चैत महिनाका लागि ब्याजदर घटाउने बैंकहरुमा लक्ष्मी सनराइज बैंक, नेपाल बैंक र हिमालयन बैंक छन् । यी तीनवटा बैंक बाहेक अन्य बैंकको ब्याजदर भने फागुन महिनाकै कायम भएको छ ।

चैत महिनाको बैंकहरुको औसत ब्याजदर ०.०८ प्रतिशतले कम भएको छ । बैंकहरुको औषत ब्याजदर चैत महिनाका लागि ५.९३ प्रतिशत कायम भएको छ । फागुनमा बैंकहरुको औसत ब्याजदर ६.०१ प्रतिशत थियो ।

बैंकिङ प्रणालीमा तरलता प्रशस्त भए पनि कर्जा प्रवाह सन्तोषजनक हुन सकेको छैन । ब्याजदर घट्दा ऋणीहरूलाई राहत मिल्ने देखिए पनि लगानीको वातावरण सहज बनाउने चुनौती कायमै छ ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime