Skip to content
Prabhu

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा १ खर्ब ९ अर्ब राजस्व संकलन

वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा १ खर्ब ९ अर्ब २२ करोड ८५ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । १ खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो ।

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व सङ्कलनमा क्रमशः सुधार भएको छ । चालु आव बाँकी चार महिनामा राजस्व सङ्कलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व सङ्कलन अधिक हुने गरेको छ ।

global
अर्घाखाँची सिमेन्ट

वीरगञ्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड भदौमा १३ अर्ब ४२ करोड रुपैयाँ , असोजमा १३ अर्ब ४७ करोड रुपैयाँ कात्तिकमा ११ अर्ब १० करोड र मङ्सिरमा भने १४ अर्ब ४० करोड रुपैयाँ राजस्व सङ्कलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड रुपैयाँ र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड रुपैयाँ राजस्व असुली भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal