Skip to content

फागुनमा घरजग्गा कारोबारबाट ४ अर्ब १२ करोड राजस्व संकलन 

nabil bank
काठमाडौं । घरजग्गाको कारोबारबाट गत फागुन महिनामा ४ अर्ब १२ करोड रुपैयाँ बराबरको राजस्व संकलन भएको छ । देशभरको घरजग्गाको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार गत माघको तुलनामा फागुनमा राजस्व संकलनमा वृद्धि भएको छ ।
घरजग्गा कारोबार क्रमशः लयमा फर्कन थालेको र राजस्व संकलनमा समेत क्रमशः वृद्धि हुँदै गएको विभागको विवरणमा उल्लेख छ । विभागका अनुसार सेवा करबाट रु २८ करोड ८४ लाख ६८ हजार, रजिष्ट्रेशन दस्तुर २ अर्ब २० करोड ३७ लाख ८९ हजार रुपैयाँ र पुँजीगत लाभकरबाट १ अर्ब ५७ करोड ७१ लाख ६४ हजार रुपैयाँ संकलन भएको छ ।
विभागले गत साउनमा ३ अर्ब ८३ करोड ५० लाख रुपैयाँ, भदौमा ३ अर्ब ९ करोड रुपैयाँ , असोजमा ३ अर्ब आठ करोड १२ लाख रुपैयाँ, कात्तिकमा २ अर्ब ७० करोड ४० लाख रुपैयाँ, मङ्सिरमा ३ अर्ब ८७ करोड रुपैयाँ, पुसमा ४ अर्ब २५ करोड २२ लाख र माघमा ३ अर्ब ८७ करोड २४ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो ।
मालपोत कार्यालय कलङ्कीले गत फागुनमा २२ करोड ६१ लाख रुपैयाँ, मालपोत कार्यालय चाबहिलले २१ करोड ६८ लाख ५२ हजार रुपैयाँ, मालपोत कार्यालय लगनखेलले ३८ करोड २८ लाख रुपैयाँ तथा मालपोत कार्यालय खैरहनी, चितवनले ३ करोड ९४ लाख ४१ हजार रुपैयाँ राजस्व संकलन गरेको विभागले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi