Skip to content
Prabhu

नेप्सेको सीईओका लागि ५ जनाको नाम सर्टलिस्ट, चैत ६ गते अन्तर्वार्ता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदन दिएकामध्ये पाँच जना सर्टलिस्टको सूचीमा समावेश भएका छन्।

जसअनुसार चूडामणि चापागाईं, नारदकुमार लुइँटेल, पूर्णप्रसाद आचार्य, बद्रीप्रसाद प्याकुरेल र हेमन्त बस्याल सर्टलिस्टमा परेका छन् ।

global
अर्घाखाँची सिमेन्ट

समितिले प्रमुख कार्यकारी अधिकृत पदका लागि संक्षिप्त सूचीमा छनोट भएका आवेदकहरूलाई व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि उपस्थित हुन सूचना जारी गरेको छ । आवेदकहरूलाई नागरिकता, शैक्षिक योग्यता र कार्य अनुभवको पुष्टि गर्ने सक्कल कागज प्रमाणहरू लिई उपस्थित हुन समितिले भनेको छ ।

सर्टलिस्टमा परेकाहरूको अन्तर्वार्ताका लागि चैत ६ गते बुधबार बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुने समितिले जनाएको छ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal