काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले फागुन २७ गतेदेखि निष्कासन गरिरहेको आईपीओमा (आज) आइतबार आवेदन दिने अन्तिम दिन रहेको हो ।
कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये पहिलो चरणमा १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई, ५४ हजार कित्ता कम्पनीका कर्मचारीहरूलाई र ९० हजार कित्ता सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिसकेको छ ।
यसरी कम्पनीले बाँकी रहेको १४ लाख ७६ हजार कित्ता दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरिरहेको छ । यसमा आवेदन दिँदा घटीमा १० कित्ता र बढीमा १० हजार कित्तासम्मका लागि दिन सकिनेछ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति पाएका सबै बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयका साथै मेरो सेयर अनलाईन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया दिनुहोस्