काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले २० वर्षको उत्सव मनाउँदै कम्पनीको विषयगत फिल्म सार्वजनिक गरेको छ । उक्त कम्पनीका अनुसार सो फिल्ममा ग्राहकहरूले कम्पनीप्रति राखेको लचिलोपन, विश्वास र उनीहरूको जीवनमा खुसी फिर्ता ल्याउन शिखर इन्स्योरेन्ससँगै गरेको यात्रालाई सुन्दर ढंगले चित्रण गरिएको छ।
उक्त कम्पनीले सार्वजनिक गरेको फिल्मले हजारौं नागरिकहरुलाई बीमाको महत्वबारे प्रष्ट पार्ने र उक्त फिल्म हेरेर मानिसहरुमा बीमाप्रति सकारात्मक सोच आउने विश्वास व्यक्त गरेको छ।
शिखर इन्स्योरेन्सले यो प्लेटफर्ममार्फत फिल्म साझा गर्न, सपनाहरूको रक्षा गर्न र अर्थपूर्ण प्रभाव सिर्जना गर्न शिखरको दुई दशकको प्रतिबद्धतालाई उजागर गर्न र आफ्ना ग्राहकहरुको समर्थनको कदर गरेको जनाएको छ।
प्रतिक्रिया दिनुहोस्