Skip to content

महालक्ष्मी विकास बैंकद्धारा डिजिटल क्यालेन्डर २०८२ सार्वजनिक

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो परम्परागत क्यालेन्डरलाई आधुनिक प्रविधिसँग जोड्दै “महालक्ष्मी क्यालेन्डर २०८२” को डिजिटल संस्करण सार्वजनिक गरेको छ। बैंकको केन्द्रीय कार्यालय, दरबारमार्गमा आज आयोजित एक विशेष कार्यक्रमका बीच यो डिजिटल क्यालेन्डर लोकार्पण गरिएको हो ।

बैंकले परम्परागत क्यालेन्डरलाई डिजिटल माध्यममा ल्याएर प्रयोगकर्ताहरूलाई सहज र उपयोगी बनाउने लक्ष्य राखेको छ। यस क्यालेन्डरमा चाडपर्व, तिथि, विदा, शुभ साइतका साथै विक्रम संवत्, नेपाल संवत् र अंग्रेजी संवत्का मितिहरू समावेश गरिएका छन्। यो नयाँ संस्करणले नेपाली संस्कृतिलाई प्रवद्र्धन गर्न र निरन्तरता दिन महत्त्वपूर्ण योगदान पु¥याउने बैंकको विश्वास छ।

अर्घाखाँची सिमेन्ट
Hyundai

महालक्ष्मी क्यालेन्डर २०८२ बैंकको आधिकारिक वेबसाइट वा तोकिएको लिंकमार्फत हेर्न र डाउनलोड गर्न सकिनेछ । यसैबीच, बैंकले ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित र सहज डिजिटल बैंकिङ सुविधा प्रदान गर्ने नीति अनुरूप हालै आफ्नो मोबाइल एप्लिकेसनलाई परिष्कृत गरी “महालक्ष्मी स्मार्ट साथी” नामक नयाँ सेवा पनि सञ्चालनमा ल्याएको छ । यो कदमले ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्