Skip to content
Prabhu

बीमा शुल्कभन्दा तिर्नुपर्ने दायित्व बढी भएपछि हाइड्रोको बीमा हुन छाड्यो, समस्यामा हाइड्रोपावर र बीमा कम्पनी

काठमाडौं । निर्जीवन बीमा कम्पनीहरूले पछिल्लो समय हाइड्रोपावर कम्पनीहरूको बीमा गर्न छाडेका छन् । धेरैको दाबी परेको र जोखिम बढी भएका कारणले गर्दा बीमा कम्पनीहरूले हाइड्रो पावरको बीमा गर्न छाडेका हुन् ।

बीमा कम्पनीहरूले जोखिम बढी हुने हुँदा हाइड्रो पावरका कम्पनीमा बीमा गर्दिन भनिरहेको र त्यसमा सरकारको पनि साथ रहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अध्यक्ष गणेश कार्कीको आरोप छ ।

global
अर्घाखाँची सिमेन्ट

बीमा कम्पनीले बीमा गर्दिन भन्नु सरासर गलत भएको भन्दै यसमा सरकाले नै कडाइ गर्नुपर्ने उनको भनाइ छ । ‘जलविद्युत् आयोजनाको बीमा गर्दिन भन्नु गलत हो । यसमा सरकारले एक्सन लिनुपर्छ,’ उनले भने । बीमा कम्पनीहरूले रिइन्स्योरेन्सले प्रिमियम बढाएकाले आयोजनाले पनि प्रिमियम बढाउनु पर्ने माग राख्दै आएका छन् ।

बीमा प्राधिकरणका तत्कालीन अध्यक्षले बीमा कम्पनी पब्लिक कम्पनी भएकाले घाटामा जान नहुने भन्दै बीमा कम्पनीकै पक्षमा बोलेकाले जलविद्युत् आयोजनाहरूलाई थप समस्या भएको अध्यक्ष कार्कीको भनाइ छ ।

‘पहिलाको अध्यक्षले बीमा कम्पनीहरूले घाटा खान नहुने भन्दै हाइड्रोपावरलाई नै पेल्नुभयो । अहिले नयाँ अध्यक्ष आउनुभएको छ उहाँले केही सहज बनाउनु हुन्छ कि भन्ने आश छ,’ अध्यक्ष कार्कीले भने ।

सरकारले नै कि आयोजनाको बीमा गर्नुनपर्ने व्यवस्था गरिदिनुपर्‍यो । होइन भने बीमा कम्पनीले आयोजनाको बीमा गरिदिनुपर्ने अध्यक्ष कार्कीको भनाइ छ ।

जोखिम बढी भएका कारणले बीमा गर्दिन भन्नु सरासर गलत भएको भन्दै जोखिन नभएको आयोजनाको बीमा किन गर्नु परो ? कार्कीले प्रश्न गरे । ‘जोखिम हुने भएकाले नै बीमा गर्नु पर्ने हो तर जोखिम बढी भयो । बढी दाबी परो भनेर बीमा कम्पनीले बीमा नगर्दा समग्र जलविद्युत क्षेत्रमा ठूलो असर पर्छ,’ अध्यक्ष कार्कीले भने ।

बीमा नगराएको खण्डमा जलविद्युत् आयोजनामा कुनै पनि बैंकले लगानीसमेत गर्दैन ।

यसले सरकारको लक्ष्य हासिल गर्नमा समेत असर गर्नेछ । बैंकको लगानी बिना आयोजनाका लागि आवश्यक पर्ने वित्तीय लगानी जुटाउनै समस्या हुने उनको भनाइ छ । बीमा कम्पनीले काटेर्लिङ गर्न खोजेको उनको आरोप छ । केही आयोजनामा आएको समस्यालाई देखाएर सम्पूर्ण आयोजनालाई नै असर पर्ने गरी काम हुन दुःखत भएको उनले बताए ।

बीमा कम्पनीले बीमा गरेपनि निश्चित पैसाभन्दा कमको दाबी भुक्तानी गर्नु
नपर्ने भनेर शर्त राखेर काम गर्ने गरेको अध्यक्ष कार्कीको भनाइ छ ।

‘बीमा
कम्पनीले ७ करोड भन्दा कमको दाबी दिनुपर्ने भनेर बीमा गराउँछन् । यसले गर्दा सानो मात्राको क्षतिको भुक्तानी पाउनकै लागि पनि समस्या छ,’ उनले भने ।

बीमा कम्पनीले बीमा नगराएको भन्दा पनि पहिले सहज रूपमा हुने गरेकोमा अहिले केही असज भने भइरहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंखी क्षेत्रीको भनाइ छ ।

‘बीमा गराउनका लागि खोलिएका कम्पनीले बीमा नगर्ने भन्ने हुँदैन । तर, अपहिलेको भन्दा केही असज भने भएको छ,’ उलने भने, ‘पहिलेको जस्तो सहज भने छैन । क्लेम परेकोमा केही लोड परेको भने हो ।’ दाबी बढी परेकाले अहिले असजिलो भनेको उनले बताए । यसमा रि इन्स्योरेन्सले नै बीमा कम्पनीसँग बढी प्रिमियम मागेकाले कम्पनीले पनि बढाउनुपर्छ भनेको उनले बताए ।

‘नेपाल बाढी पहिरोको उच्च जोखिमा रहेको देश हो । रि इन्स्योरेन्सले थेग्न नसकेर बढाइ दिए । यो कारणले समस्या आएको हो,’ उनले भने ।

जलवायु परिर्वतनका कारण पनि पानी नपर्ने समयमा समेत पहिलो आएर क्षति गर्ने गरेको उनकाले पनि अहिलेको अवस्था आएको उनको भनाइ छ । नेपालको समृद्धिको आधार नै हाइड्रो भएको उनले बताए ।

‘बीमा नगराएको खण्डमा बैंकले लगानी गर्दैन । बीमा अत्यावश्यक पनि भइसकेको छ । पहिला तुरुन्तै हुने काम पनि अहिले डेढ दुई महिना लाग्ने गरेको छ,’ सीईओ क्षेत्रीले भने, बीमा नै नगर्ने भन्ने कुरा होइन ।’

अहिले सबै गुगल म्यापबाट हेरेर त्यहाँको अवस्था, त्यहाँ भएका हाइड्रो पावरको संख्या र त्यो क्षेत्रबाट आएका क्लेमको अवस्थाहरू पनि कम्पनीले हेर्ने गरेको उनको भनाइ छ ।

बीमा गर्नका लागि नै बीमा कम्पनी स्थापन भएकलो बीमा नगर्ने भन्ने नभएको उनको भनाइ छ । अहिले केही असहज भए पनि त्यसका लागि अन्तराष्ट्रिय अभ्यासलाई समेत हेरेर बीमा गर्नुपर्ने उनले बताए ।

नेपाल बीमा प्राधिकरणले भने यो विषयमा अहिलेसम्म लिखित उजुरी नआएकाले यो विषयमा धेरै जानकारी नभएको बताएको छ । प्राधिकरणका प्रवक्ता सुशीलदेव सुवेदीले गाइगुई हल्ला सुनेको भए पनि आधिकारी रूपमा यो विषयमा कुनै पनि उजुरी नआएको लगानी न्यूजलाई जानकारी दिए ।

‘यो विषयमा आधिकारी रुपमा कुनै पनि उजुरी परेको छैन । केही मौखिक रूपमा कुराहरू आएका छन्,’ उनले भने । फाट्टफुट्ट रूपमा केही मौखिक गुनासा आएकाले यो विषयमा विस्तृत बुझेर मात्रै बोल्ने भन्दै प्रवाक्ता सुवेदी पन्छिए ।

प्राधिकरणको प्रवक्ताले आफूहरूलाई जानकारी नभएको बताए पनि तत्कालीन अध्यक्ष सूर्य सिलवालको पालामानै यो विषयमा छलफल भएको इप्पानका अध्यक्ष कार्कीको दाबी छ ।

बीमा गर्ने भनेको नै जोखिमबाट जोगिनका लागि हो ।

तर, बीमा कम्पनीहरूले हाइड्रोपावरमा जोखिम बढी हुने कारणले नै प्रिमियम बढाउनका लागि बीमा नगर्नु भनेको जोखिम नभएको क्षेत्रमा मात्रै काम गर्न खोजेको भन्ने प्रष्ट हुन्छ । बीमा गर्ने भनेको जोखिमलाई न्यूनीकरण गर्ने र त्यसबाट बीमितले व्यहोर्नु पर्ने दायित्व कम गर्नका लागि हो । व्यवसायमा सधै फाइदा नै हुन्छ भन्ने होइन । तर, निर्जीवन बीमा कम्पनीले सधैं नाफा नै गर्ने उद्देश्यका लागि बीमा गराउ
खोज्नुले समग्र बीमा क्षेत्रमा नै अविश्वास पदा हुने देखिन्छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal