Skip to content

एभरेष्ट बैंकको ऋणपत्र बाँडफाँट, ५ हजार ६९७ जनाले पाए

काठमाडौं । एभरेष्ट बैंकले गत फागुन १८ देखि २३ गतेसम्म बिक्री खुला गरेको ‘एभरेष्ट बैंक ऋणपत्र डिबेञ्चर २०९१’ चैत १ गते बाँडफाँट गरेको छ। बाँडफाँटमा रीतपूर्वक आवेदन दिएका ५ हजार ६ सय ९७ जनाले ऋणपत्र पाएका छन्।

उक्त बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँका ३० लाख ऋणपत्रमध्ये १८ लाख ऋणपत्र व्यक्तिगत तवरबाट र १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको थियो। सर्वसाधारणलाई छ्ट्याइएको १२ लाख कित्तामध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरिएको थियो।

Hyundai

७.५० प्रतिशत ब्याजदर रहेको यस ऋणपत्रको आवधि १० वर्ष रहेको छ। ब्याज भुक्तानी अर्धवार्षिक रूपले प्रत्येक ६ महीनाको अवधिमा हुने बैंकले जनाएको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्