Skip to content
Prabhu

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ । आज सुन हिजोकै मूल्यमा कारोबार भइरहेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो ।

global
अर्घाखाँची सिमेन्ट

त्यस्तै अघिल्लो दिन ५ रुपैयाँले घटेको चाँदीको मूल्य आज पनि ५ रुपैयाँले नै घटेको छ । आज चाँदी तोलामा २ हजार ४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार ४५ रुपैयाँमा किनबेच भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal