काठमाडौं । सोमबारको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ अंकले बढेको छ । आजको प्रि ओपन सेसनमा नेप्से परिसूचक १ दशमलव ०९ अंकले बढेको हो ।
आजको प्रि ओपन सेसन बन्द हुँदा नेप्से परिसूचक २७१५ दशमलव ९४ विन्दुमा पुगेको छ । सोमबारको उक्त सेसनमा १६ कम्पनीको सेयर मूल्य बढेको छ भने २८ कम्पनीको घटेको छ । त्यस्तै ३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
यो सेसनमा सेन्सेटिभ इन्डेक्स पनि ० दशमलव ०३ अंकले घटेर ४५४ दशमलव ८८ विन्दुमा पुगेको छ । प्रि ओपन सेसनमा ४७ कम्पनीका १४ हजार ९७९ कित्ता सेयर ८४ पटक खरिद बिक्री हुँदा ९८ लाख २९ हजार ७९२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया दिनुहोस्