Skip to content
Prabhu

विद्यालयको पाठ्यक्रममा वित्तीय साक्षरता समावेश गर्नुपर्छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले विद्यालयको पाठ्यक्रममा वित्तीय साक्षरता सामावेश गर्नुपर्ने बताएका छन् । नेपाल राष्ट्र बैंकले आयोजना गरेको ग्लोबल मनी विक २०२५ को अवसमा गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।

विद्यालयमा नै विद्यार्थी वित्तीय साक्षरताका विषयमा जानकारी दिएको खण्डमा वित्तीय पहँुचमा पहयोग पुग्ने उनको भनाइ छ । बैंकिङ क्षेत्र सुरक्षित भएकाले सबैले बैंकिङ प्राणालीबाट नै कारोबार गर्नुपर्ने उनले बताए ।

global
अर्घाखाँची सिमेन्ट

आम रूपमा वित्तीय जानकारी दिनका लागि यो कार्यक्रम महत्वपूर्ण रहने गभर्नर अधिकारीको भनाइ छ । विद्यार्थीहरुलाई पनि उनले बैंकिङ क्षेत्रमा जोडिनका लागि पनि उनले आग्रह गरे । विद्यालयको पाठ्यक्रममा पनि वित्तीय साक्षरता पनि समावेश गर्ने विषयमा पहल भइरहेको उनले बताए ।

वित्तीय साक्षरताका लागि बचत आवश्यक रहेको उनको भनाइ छ । ‘अभिभावकले दिएको रकमलाई पनि विद्यार्थीले बचत गर्न सक्नुपर्छ,’ उलने भने । आफ्नो अवस्था हेरेर मात्रै खर्च गर्नु पर्ने उनको भनाइ थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal