काठमाडौं । चालु आर्थिक वर्षको फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्बभन्दा माथि पुगेको छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेको तथ्यांकअनुसार फागुन मसान्तसम्ममा वाणिज्य बैंकहरुको निक्षेप संकलन ६० खर्ब ३७ अर्ब पुगेको हो ।
२० वटा वाणिज्य बैंकहरुले फागुन मसान्तसम्मा उक्त रकम निक्षेपका रूपमा संकलन गरेका छन् । यो अवधिमा वाणिज्य बैंकहरुको कर्जा प्रवाह भने ४८ खर्ब ५० अर्ब रुपैयाँ रहेको छ । सबैभन्दा धेरै निक्षेप संकलन गर्ने बैंकमा ग्लोबल आईएमई बैंक छ भने सबै कम निक्षेप संकलन स्ट्यान्र्डर्ड चार्टर्डको रहेको छ । फागुन २९ गतेसम्मको अवधिमा ग्लोबल आईएमई बैंकले ५ खर्ब ३३ अर्ब निक्षेप संकलन गरेको छ भने स्ट्यान्र्डर्डको जम्मा १ खर्ब २५ अर्व रुपैयाँ मात्रै निक्षेप रहेको छ ।
त्यस्तै धेरै निक्षेप संकलन गर्ने बैंकको दोस्रो नम्बरमा नविल बैंक रहेको छ । यो नविलले यो अवधिमा ५ खर्ब ३ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । त्यस्तै यो अवधिमा नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले ४ खर्ब ५२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको छ । यो अवधिमा राष्ट्रिय वाणिज्य बैंकले ४ खर्ब ४७ अर्ब रुपैयाँ बढीको निक्षेप संकलन गरेको छ । त्यस्तै कुमारी बैंकले ३ खर्ब ५६ अर्ब, लक्ष्मी सनराइज बैंकले ३ खर्ब ५० अर्ब र प्रभु बैंकले ३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन्।
त्यस्तै हिमालयन बैंकले ३ खर्ब ३ अर्ब, नेपाल बैंकले ३ खर्ब ९ अर्ब, एनआईसी एसिया बैंकले २ खर्ब ९८ अर्ब, एनएमबी बैंकले २ खर्ब ६६ अर्ब, कृषि विकास बैंकले २ खर्ब ५३ अर्ब र एभरेष्ट बैंकले २ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यस्तै सिटिजन्स बैंकले २ खर्ब १ अर्ब, प्राइम कमर्सियल बैंकले २ खर्ब ४२ अर्ब, सानिमा बैंकले २ खर्ब १५ अर्ब, सिद्धार्थ बैंकले २ अर्ब ४६ अर्ब, नेपाल एसबिआई बैंकले १ खर्ब ८१ अर्ब र माछापुच्छ्रे बैंकले १ खर्ब ६८ अर्ब रुपैयाँ संकलन गरेका छन्।
कर्जा प्रवाहमा पनि ग्लोबल नै अघि
निक्षेप संकलनको आधारमा शीर्ष स्थानमा रहेको ग्लोबल आईएमई बैंक कर्जा प्रवाहमा पनि शीर्ष स्थानमा रहेको छ । ग्लोबललाई कर्जा प्रवाहमा पनि नविल बैंकले नै पछ्याइरहेको छ । फागनु २९ गतेसम्म ग्लोबल आईएमई बैंकले कुल ४ खर्ब २९ अर्ब रुपैयाँ कर्जा लागनी गरेको छ । त्यस्तै नविल बैंकले यो अवधिमा ४ खर्ब १४ अर्ब रुपैयाँको कर्जा प्रवाह गरेको छ । त्यस्तै कर्जा प्रवाहमा पनि स्ट्यान्र्डर्ड चार्टर्ड बैैंक सबैभन्दा कमजोर देखिएको छ । यो बैंकले जम्मा ८५ अर्ब रुपैयाँ कर्जा लागनी गरेको छ ।
फागुन मसान्तसम्ममा कृषि विकास बैंकले कुल २ अर्ब ८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छ भने सिटिजन्स बैंकले १ खर्ब ६९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै यो अवधिमा एभरेष्ट बैंकले २ खर्ब २४ अर्ब, हिमालयन बैंकले २ खर्ब ५१ अर्ब, कुमारी बैंकले ३ खर्ब १ अर्ब, लक्ष्मी सनराइज बैंकले २ खर्ब ८६ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यस्तै माछापुच्छ्रे बैंकले १ खर्ब ४५ अर्ब रुपैयाँ, नेपाल बैंकले २ खर्ब २५ अर्ब रुपैयाँ, नेपाल इनभेष्टमेन्ट मेघा बैंकले ३ खर्ब ५१ अर्ब, नेपाल एसबिआइ बैंकले १ खर्ब ३९ अर्ब र एनआइसी एशिया बैंकले २ खर्ब ४९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ ।
एनएमबी बैंकले २ खर्ब ३३ अर्ब, प्रभ बैंकले २ खर्ब ३४ अर्ब, प्राइम कमर्सियल बैंकले २ खर्ब १५ अर्ब, राष्ट्रिय वाणिज्य बैंकले २ खर्ब ८९ अर्ब, सानिमा बैंकले १ खर्ब ७८ अर्ब र सिद्धाार्थ बैंकले २ खर्ब १५ अर्ब रुपैयाँ कर्जा लगानी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्