Skip to content
Prabhu

प्रधानमन्त्रीलाई गैसस महासंघको घोषणापत्र हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई गैरसरकारी संस्था महासंघ नेपालको नवनिर्वाचित नेतृत्वले ११औं महाधिवेशन तथा राष्ट्रिय नागरिक सम्मेलनबाट पारित २१ बुँदे घोषणापत्र हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री निवास, बालुवाटारमा आज महासंघका अध्यक्ष अर्जुनकुमार भट्टराईसहितको टोलीले सामाजिक संस्थामैत्री नीति र कानुनको बन्नुपर्ने, नेपाल विकास सम्मेलनको आयोजना गरिनुपर्नेलगायत विषय समेटिएको घोषणापत्र बुझाएको हो ।

global
अर्घाखाँची सिमेन्ट

उक्त अवसरमा प्रधानमन्त्री ओलीले नयाँ नेतृत्वलाई बधाई दिँदै सामाजिक रुपान्तरण र विकासका काममा सफलता हासिल गर्न शुभकामना दिए। महासंघको गत फागुन २५ गतेदेखि २७ गतेसम्म काठमाडौंमा भएको महाधिवेशनबाट भट्टराईको अध्यक्षतामा ५१ सदस्यीय कार्यसमिति निर्वाचित भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal