Skip to content
Prabhu

‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ चैत २३ मा हुने

काठमाडौं । ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ यस वर्ष काठमाडौंमा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मलेन गर्दै बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको कर्पोरेट गल्फ प्रतियोगिताका बारेमा जानकारी गराएको हो ।

यही चैत २३ अर्थात् अप्रिल ५ तारिखका दिनमा काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टको गल्फ कोर्समा प्रतियोगिता आयोजना हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा यस वर्ष करिब १२० जना कर्पोरेट खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।

global
अर्घाखाँची सिमेन्ट

प्रेस विज्ञप्ति

मिति : २०८१/१२/०४

‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’
आठौं संस्करण काठमाडौंमा
व्यावसायिक र आर्थिक क्षेत्रका अग्रणीलाई गल्फ खेलमा प्रतिस्पर्धा गराउँदै देशको आर्थिक अभिवृद्धिका लागि वैचारिक बहसमा संलग्न गराउने उद्देश्यका साथ बाह्रखरी मिडियाले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘कर्पोरेट गल्फ’ प्रतियोगिता यस वर्ष आठौं संस्करणमा प्रवेश गरेको छ ।
गल्फ खेललाई समृद्धहरूको मनोरञ्जनको माध्यम मात्र नबनाएर यस खेलमा बढीभन्दा बढी व्यावसायिक व्यक्तित्वको प्रतिनिधित्व बढाउने र सोही समूहले देशका राजनीतिक, सामाजिक र नीतिगत नेतृत्व तहमा रहेकाहरूसँग अर्थतन्त्रको चिन्तन गर्ने ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा इकोनोमिक सिम्पोजियम’ चैत २३ गते काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा सम्पन्न हुँदै छ ।
चार हजार २५० मिटर उचाइमा आयोजना गरेर विश्व रेकर्ड कायम गर्ने सन्दर्भमा होस् या कोरोना वा आर्थिक संकटले मुलुक आक्रान्त भएको समय होस्, जस्तोसुकै कठिन परिस्थितिका बाबजुद पनि बाह्रखरी मिडियाले यस खेल र आर्थिक चिन्तनको अभियानलाई निरन्तरता दिँदै आएको छ ।
मुलुकले संकट व्यहोरिरहेका समयमा जिल्ला–जिल्लामा पुगेर व्यवसायीका आवाज समेटेर सरकारको ध्यानाकर्षण गराउने कार्य यसअघिका संस्करणहरूले निर्वाह गर्दै आएका छन् ।
यस वर्ष काठमाडौंको गोकर्ण फरेस्ट रिसोर्टमा आयोजना गर्न लागिएको कर्पोरेट गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रमको प्रमुख प्रायोजक विगतका वर्षहरूमा जस्तै एनसेल रहेको छ । यो वर्ष एनसेलको एनसेल फर बिजनेसले प्रमुख प्रायोजकको भूमिका गर्नेछ ।
एनसेल फर बिजनेसले नेपालको बिजनेस कम्युनिटीलाई उच्तस्तरको विश्वस्तरिय सेवाहरु र कनेक्टिभिटीलगायत डिजिटाईजेसनका लागि विभिन्न सुविधाहरु प्रदान गर्दै आएको छ ।
त्यसैगरी, विद्युतीय गाडी बीवाईडीको आधिकारिक बिक्रेता साइमेक्स इंक र खुकुरी रम उत्पादक कम्पनी द नेपाल डिस्टिलरिज् प्रालि कार्यक्रममा ‘इन एसोसिएसन विथ’ अर्थात् प्रमुख सहकार्य कम्पनी रहेका छन् ।
साइमेक्स इंक बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद कार्यक्रममा अघिल्लो वर्ष पनि प्रमुख साझेदार कम्पनी रहेको थियो ।
त्यसैगरी, जोनी वाकर (आधिकारिक बिक्रेता ग्लोबल ट्रेडिङ कन्सर्न), नबिल बैंक, ग्लोबल आईएमई बैंक, प्रभु बैंक, भाटभटेनी सुपर स्टोर्स, हिमालयन बैंक, नेपाल पर्यटन बोर्ड, शिखर इन्स्योरेन्स, माटो नेपाल र अजया डाइमन्डले यसपल्टको कार्यक्रम सफल बनाउन सहकार्य गरेका छन् ।
ग्लोबल आईएमई बैंक, हिमालयन बैंक, प्रभु बैंक, भाटभटेनी सुपर स्टोर्स, नेपाल पर्यटन बोर्ड, शिखर इन्स्योरेन्स र अजया डाइमन्डले विगतका वर्षमा पनि सहकार्य गर्दै आएका छन् ।

यस वर्षदेखि खुकुरी रम, जोनी वाकर, नबिल बैंक, माटो नेपालसँग सहकार्य बढाइएको बाह्रखरीले जनाएको छ ।
यस कार्यक्रममा स्वदेशी तथा विदेशी गरी करिब १२० जना कर्पोरेट गल्फरको सहभागिता रहनेछ ।
भारत, अमेरिका, चीन, सिंगापुर, श्रीलंकाका गल्फरले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् । साथै, नेपालस्थित विदेशी नियोगका प्रतिनिधि पनि गल्फ प्रतियोगितामा सहभागी हुनेछन् ।
काठमाडौंसहित पोखरा, धरान, चितवन, बुटवल, नेपालगन्जलगायत क्षेत्रका कर्पोरेट गल्फर, न्यायाधीश र केही सरकारी उच्च अधिकारीले पनि प्रतियोगितामा सहभागिता जनाउनेछन् ।
बाह्रखरी मिडियाले कर्पोरेट गल्फ प्रतियोगितासँगै नेपालको आर्थिक समृद्धिमा टेवा पु¥याउने उद्देश्यले वार्षिक रूपमा आयोजना गर्दै आएको ‘आर्थिक परिसंवाद’ पनि सोही दिन गोकर्ण फरेस्ट रिसोर्टको ‘कोर्ट यार्ड’मा सम्पन्न हुँदै छ ।
कर्पोरेट गल्फ प्रतियोगिताको उद्घाटन बिहान ८ बजे हुनेछ ।
गल्फ प्रतियोगितालगत्तै सम्माननीय प्रधानमन्त्रीज्यूले ‘आर्थिक परिसंवाद’मा विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।
आर्थिक परिसंवादमा नेपालको आर्थिक अवस्था, व्यापारिक क्षेत्रमा भइरहेका अवरोध, नेपालमा प्रविधि क्षेत्रको अवसर र चुनौती, दोस्रो चरणको आर्थिक सुधारको आवश्यकतालगायत विषयमा महत्त्वपूर्ण छलफल हुनेछ ।
आर्थिक परिसंवाद कार्यक्रममा नेपालका नीति निर्माण तहमा रहनुभएका उच्च अधिकारी, अर्थमन्त्रीज्यू, विभिन्न मन्त्रीज्यूहरू, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख तथा पदाधिकारीज्यूहरू, कर्पोरेट क्षेत्रका व्यक्तित्व, प्राध्यापक, बुद्धिजीवी, अर्थविद्, बैंकर, उद्यमी, संघीय सांसद, प्रदेशसभा सदस्य, ‘कन्टेन्ट क्रियटर’लगायत व्यक्तित्वको उपस्थिति रहनेछ ।
हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउन देशका फरक–फरक स्थानमा कर्पोरेट गल्फ प्रतियोगिता गर्दै आएको बाह्रखरी मिडियाले यसअघि पोखरा, धरान, सगरमाथा क्षेत्रको कोङ्दे रीमा सफलतापूर्वक कार्यक्रम आयोजना गरिसकेको छ ।
कर्पोरेट क्षेत्रका खेलाडीबीच हुने यो प्रतियोगिता देशकै प्रतिष्ठित प्रतियोगिता भएको र यसका ‘अल–राउन्ड’ विजेताले २४ क्यारेट सुनले बनेको गल्फ बल तथा अन्य पुरस्कार प्राप्त गर्नेछन् । साथै, अन्य विभिन्न विधामा विजेताले ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन–वन’ पुरस्कारका रूपमा बीवाईडीको ‘एट्टो थ्री’ गाडी प्राप्त गर्नेछन् ।
प्रतियोगिता १८ होलमा स्टेबल फोर्ड फम्र्याटमा हुनेछ । यसको अर्थ कुनै पनि होलमा तोकिएको भन्दा बढी स्ट्रोक हान्न पाइने छैन । यस नियमले ठूलो प्रतियोगितामा समयको बचत गर्दछ ।
हरेक वर्ष गल्फ खेलको माध्यमबाट आर्थिक र सामाजिक सचेतना अभिवृद्धि गराउनु नै बाह्रखरी मिडियाको मुख्य उद्देश्य हो । त्यसैले विगतका वर्षहरूमा जस्तै यस वर्ष पनि गल्फ प्रतियोगितासँगै आर्थिक परिसंवाद कार्यक्रम आयोजना गरिएको हो ।
‘अर्को चरणको आर्थिक सुधार’मा जानैपर्ने मुलुकको आवश्यकता भएकाले त्यसमा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको हो ।
यस वर्ष ‘एनसेल फर बिजनेस बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद’ कार्यक्रममा गल्फ खेलाडीसहित करिब १५ सय पाहुना उपस्थित हुुनेछन् ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal