काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चैत्र महिनाभर १४ वटा संघीय अस्पतालमा नयाँ सेवा थप्ने गरी कार्यतालिका सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले नागरिकलाई थप सुविधा हुने गरी सेवा थप तथा सुधारमा जोड दिंदै आएका छन् । सोहीअनुसार संघीय अस्पतालहरुले सेवा विस्तार तथा थप गर्दै आइरहेका छन् ।
सोहीअनुरुप १४ वटा अस्पतालमा चैत्र महिनाभित्र १८ विभिन्न सेवा तथा सुविधा थप गरिने गरी तयारी गरिएको स्वास्थ्य सचिव डा. रोशन देवकोटाले बताए । मन्त्रालयको तालिकाअनुसार अस्पतालहरुमा एक्सरे फिल्म हटाउने देखि आइभीआर सेवा थाल्ने, शैय्या विस्तार आदि छन् । मन्त्रालयले बनाएको तालिकाअनुसार वीर अस्पतालमा चैत्र दोश्रो साता काठमाडौं महानगरसँगको सहकार्यमा सर्भाकल क्यान्सरको परीक्षण सेवा आरम्भ हुनेछ । वीरसँगै ट्रमा सेन्टरले चैत्र महिनाभित्र एमआरआई, सीटीस्क्यान तथा एक्सरेमा फिल्म प्रयोग हटाएर डिजिटल नतिजा दिने छन् ।
भरतपुर अस्पतालले क्याथ ल्याब चैत्र महिनाभित्र सञ्चालन गर्ने तयारी गरेको छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानले न्युरोलोजी सेवामा इलेक्ट्रोमाइलोग्राफी तथा एनसीभी परीक्षण चैत्र महिनाभित्र थप गर्नेछ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले फरेन्सिक विभागबाट ७२ शव राख्न सक्ने गरी चैत्रभित्र क्षमता विस्तार गर्नेछ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमसीएच भवन उद्घाटन गरेर ओपीडी चैत्र दोश्रो साताभित्र आरम्भ गर्नेछ । कान्ति बाल अस्पतालले बालबालिकाका लागि हेमोडाइलासिस सेवा चैत्र तेश्रो साताभित्र आरम्भ गर्नेछ ।
यसैगरी, भक्तपुर क्यान्सर अस्पतालले चैत्र अन्तिम साताभित्र ४ शैय्याको पिआइसीयु स्थापना तथा बाल क्यान्सर उपचार वार्ड विस्तार गर्नेछ । परोपकार प्रसुती अस्पतालले भने कुपण्डोलको नयाँ भवनमा सिमुलेसन प्रयोगशाला आरम्भ गर्नेछ । तनहुँको बेलचौतारास्थित जीपी कोइराला राष्ट्रिय स्वासप्रस्वास केन्द्रले चैत्र दोश्रो साताभित्र हेमोडाइलासिस सेवा थाल्नेछ । डडेलधुरा अस्पतालमा एकीकृत ल्याब नमूना शंकलन सेवा चैत्र तेश्रो साताभित्र शुरु हुनेछ ।
नारायणी अस्पतालले एनआइसीयुमा इउमआर लागू गर्ने, हिस्टोप्याथोलोजी सेवा थाल्ने, कोल्पोस्कोपी सेवा तथा क्रिटोथेरापी सेवा चैत्र तेश्रो साताभित्र थाल्ने तयारी गरेको छ । भेरी अस्पतालले भने १० आइसीयु शैय थपसँगै जलन वार्डमा ६ शैय्या थप गर्ने तयारी गरेको छ । चैत्रभित्र सबै सेवा नागरिकले प्राप्त गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए ।
tkl;n
संघीय अस्पतालहरुबाट चैत्र महिनामा शुरु हुने कार्यक्रमको विवरण | ||||||
क्र.स | अस्पतालहरु | विस्तार हुने सेवाहरु | सेवा शुरु गर्ने प्रस्तावित मिति (हप्तामा) | कैफियत | ||
१ | श्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, महावौद्ध, काठमाडौं ।
|
-CERVICAL CANCER SCREENING सेवा महानगरको सहयोगमा शुरु गर्ने। | -२०८१ चैत्र दोस्रो हप्ता
|
|||
– MRI, CT SCAN/Xray film हटाउने | -२०८१चैत्र चौथो हप्ता
|
|||||
२ | श्री चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, राष्ट्रिय ट्रमा सेन्टर, महावौद्ध, काठमाडौं ।
|
|||||
MRI, CT SCAN/ Xray film हटाउने
|
-२०८१चैत्र चौथो हप्ता
|
|||||
३ | श्री पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन, ललितपुर । | न्यूरोलोजी सेवामा EMG (ELECTROMYELOGRAPHY ) र NCV ( NERVE CONDUCTION VELOCITY ) TEST शुरु गर्ने। | -२०८१चैत्र पाँचौ हप्ता
|
|||
४ | श्री पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा, कास्की ।
|
|||||
फरेन्सिक विभागबाट ७२ वटा सव राख्न सक्ने गरी फ्रीजको क्षमता बृद्दि गर्ने | -२०८१चैत्र पाँचौ हप्ता | |||||
५ | श्री वी.पी. कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान ।
|
-MCH भवन उद्घाटन गरी OPD सेवा सञ्चालन गर्ने
|
-२०८१ चैत्र दोस्रो हप्ता
|
|||
-LAB MACHINE (BIOCHEMISTRY AND IMMUNOHISTOCHEMISTRY) थप गर्ने | -२०८१चैत्र चौथो हप्ता
|
|||||
६ | कान्ती बाल अस्पताल | बच्चाको लागि हेमोडाइलाइसिस सेवा शुरु गर्ने | -२०८१चैत्र तेस्रो हप्ता
|
|||
७ | श्री परोपकार प्रसुति तथा स्त्रीरोग अस्पताल, थापाथली, काठमाडौं । | कुपण्डोल स्थित नवनिर्मित भवनमा SIMULATION LAB शुरु गर्ने | -२०८१चैत्र अन्तिम हप्ता
|
|||
८ | श्री जी.पी. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र, दुलेगौडा, तँनहु । | हेमोडाइलाइसिस सेवा शुरु गर्ने | -२०८१ चैत्र दोस्रो हप्ता
|
|||
९ | श्री भक्त्तपुर क्यान्सर अस्पताल, भक्तपुर ।
|
४ वेडको PICU स्थापना र बच्चाको क्यान्सर उपचार वार्ड विस्तार गर्ने |
-२०८१चैत्र अन्तिम हप्ता
|
|||
ECHO/PFT सेवा शुरु गर्ने | -२०८१चैत्र चौथो हप्ता
|
|||||
१० | CATH LAB सेवा शुरु हुने | -२०८१चैत्र पाँचौ हप्ता
|
||||
११ | श्री भरतपुर अस्पताल, चितवन । | INFERTILITY उपचार सेवा शुरु गर्ने | -२०८१चैत्र तेस्रो हप्ता
|
|||
१२ | एकिकृत LAB SAMPLE COLLECTION सेवा शुरु गर्ने | -२०८१चैत्र तेस्रो हप्ता
|
||||
१३ | श्री कोशी अस्पताल, विराटनगर । | -NICU मा EMR लागु गर्ने
-HISTOPATHOLOGY सेवा शुरु गर्ने -AUDIOGRAM सेवा शुरु गर्ने -COLPOSCOPY सेवा शुरु गर्ने -CRYOTHERAPY सेवा शुरु गर्ने |
-२०८१चैत्र तेस्रो हप्ता
|
|||
१४ | श्री भेरी अस्पताल, नेपालगञ्ज । | -10 ICU BED थप गर्ने
-BURN WARD-6 BED थप गर्ने
|
-२०८१चैत्र पाँचौ हप्ता
|
|||
-SICKLE CELL SCREENING WARDबाट १८ महिना मुनिका बच्चाको परीक्षण सेवा शुरु गर्ने | -२०८१चैत्र तेस्रो हप्ता
|
|||||
प्रतिक्रिया दिनुहोस्