काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नर छनोटको लागि गठन गरेको छनोट समितिका सदस्यलाई अहिलेसम्म पत्र गएको छै्रन ।
गभर्नर छनोटको लागि अर्थमन्त्रीको संयोजकत्वमा पूर्व गभर्नरबाट एकजना र अर्थविदबाट एकजना गरेर तीनजना सदस्य बनाउनुपर्ने हुन्छ । सो अनुसार उपप्रधान एवम् अर्थमन्त्री बिष्णु पौडेल गभर्नर छनोट समितिको स्वत संयोजक छन् ।
कांग्रेस र एमालेबीच गभर्नर छनोट समितिमा पूर्वगभर्नरबाट विजयनाथ भट्टराई तथा अर्थविद्बाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेललाई राख्ने सहमति भएको छ । तर,अहिलेसम्म सदस्यमा राख्ने भनिएकालाई पत्र नै गएको छैन ।
अर्थमन्त्रालयबाट सदस्यमा गएकालाई फोन गएपनि पत्र नआएका दुवै सदस्यले आफू निकटसँग बताएका छन् । ‘समितिमा बस्नुपर्छ भनेर फोनबाट जानकारी आएको छ,अहिलेसम्म औपचारिक पत्र आएको छैन,’समितिमा नाम आएका एक सदस्यले भने ।
राष्ट्र बैंकमा गभर्नर बन्नको लागि अहिलेका दुईजना डेपुटी गभर्नर सहित एक दर्जन दावेदार छन् । अहिलेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल चैत २४ मा सकिने छ ।
प्रतिक्रिया दिनुहोस्