काठमाडौं । आइजीआई प्रु्डेन्सियल इन्स्योरेन्स लिमिटेडले ८० हजार कित्ता संस्थापक सेयर लिलाम मार्फत् बिक्रीमा राखेको छ । कम्पनीले उक्त सेयर सबैले किन्न पाउने गरी बिक्रीमा राखेको हो ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २०५ रुपैयाँ तोकिएको छ । सेयर खरिदका लागि आवेदन दिँदा सम्पूर्ण कित्ता खरिदका लागि आवेदन दिनु पर्नेछ । यसमा आज चैत ४ गतेदेखि चैत १२ गतेसम्म मात्रै बोलपत्र पेश गर्न सकिनेछ । यस्तो बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटल लिमिटेडको कार्यालयमा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्