Skip to content
Prabhu

मंगलबार नेप्से ७.६६ अंकले घट्यो, कारोबार रकम ४ अर्ब ३४ करोड

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार सेयर बजार नेप्से परिसूचक ७.६६ अंकले घटेर २६९७.०४ को बिन्दुमा पुगेर बन्द भएको छ।

आज ३१३ कम्पनीको ८२ लाख ३७ हजार ९ सय २ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ३४ करोड ६६ लाख ३२ हजार २ सय ६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

global
अर्घाखाँची सिमेन्ट

आज ८६ कम्पनीको सेयर मूल्य बढ्दा १५२ कम्पनीको सेयर मूल्य घटेको छ भने ५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आज हिमालयन रि इन्स्योरेन्सको सबैभन्दा धेरै कारोबार भएको छ । कम्पनीको ३२ करोड ११ लाख रुपैयाँ बढीको कारोबार भएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ९ सय ८६ रुपैयाँ पुगेको छ ।

आज एक कम्पनीको सेयर मूल्यमा सकारत्मक सर्किट लागेको छ भने एक कम्पनीको सेयर मूल्य ८.२१ प्रतिशतले घटेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal