Skip to content

अन्तरिक्षबाट नौ महिनापछि यसरी फर्किए सुनिता र बुच

nabil bank

एजेन्सी । अमेरिकी अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विल्मोर पृथ्वीमा फर्किएका छन् । जसमा क्रू–९ का दुई अन्य एस्ट्रोनट निक हेग र अलेक्सांद्र गोरबुनोव पनि छन् ।

उनीहरु सवार ड्रागन स्पेसक्राफ्ट नेपाली समयअनुसार आज विहान अमेरिकाको फ्लोरिडाको किनारमा अवतरण भएको । यी चारै एस्ट्रोनॉटले मंगलवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट प्रस्थान गरेका थिए । स्पेसक्राफ्ट पृथ्वीको वातावरणमा प्रवेश गर्दा यसको तापमान १६५० डिग्री सेल्सियसभन्दा बढी भएको थियो । यस दौरान लगभग ७ मिनेटका लागि कम्युनिकेशन ब्ल्याकआउट भएको थियो । स्पेस स्टेशनबाट पृथ्वीमा फर्कन लगभग १७ घण्टा लाग्यो ।

चारै एस्ट्रोनट ड्रागन स्पेसक्राफ्टमा सवार भएपछि गत मार्च १८मा स्पेसक्राफ्टको ह्याच अर्थात् ढोका बन्द भएको थियो र स्पेसक्राफ्ट अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबाट छुट्टिएको थियो ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime