Skip to content

सेयर बजार घट्ने क्रम जारी, परिसूचक १४ अंकले घट्दा कारोबार रकम ५ अर्ब बढी

काठमाडौं । बुधबार पनि सेयर बजार परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। अघिल्लो दिन पनि एकल अंकले घटेर कारोबार बन्द भएको बजारमा आज सेयर बजार परिसूचक १४ दशमलव ८८ अंकले घटेर कारोबार भएको हो ।

आजको कारोबार बन्द हुँदा परिसूचक २६८२ दशमलव १५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा ५३ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ भने २८३ कम्पनीको सेयर मूल्य भने घटेको छ । ७ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २ दशमलव ९६ अंकले घटेर ४४९ दशमलव ९२ विन्दुमा पुगेको छ । आज १३ उपसूचकमध्ये १० उपसूचकको सेयर मूल्य बढको छ भने ३ वटाको घटेको छ ।

परिसूचक घटेको दिन कारोबार रकममा भने केही सुधार भएको छ । अघिल्लो दिन ४ अर्ब ३४ करोड बढीको कारोबार भएको बजारमा आज ५ अर्ब १४ करोड ३९ लाख ९७ हजार ६४३ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३११ कम्पनीका ९५ लाख ८३ हजार ८२९ कित्ता सेयर ५४ हजार ६२२ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life