काठमाडौं । ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले १२ वार्षिक साधारणसभा चैत २७ गते बोलाएको छ । बैंकको चैत ५ गते बसेको सञ्चालक समितिको बैठकले बाग्लुङस्थित होटल पिस प्यालेसमा बिहान ११ बजे सभा बस्ने निर्णय गरेको हो ।
सभामा हाल कायम चुक्ता पुँजीको ५.७५ प्रतिशत बोनस सेयर र ०.३०२७ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको प्रस्ताव पेश गरिनेछ । साथै मर्जरका लागि उपयुक्त बैंक तथा वित्तीय संस्था पहिचान गरी आवश्यक सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
त्यसैगरी ६३ करोड ७ लाख १३ हजार रुपैयाँको हकप्रद सेयर जारी गर्ने, गत आवको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारश्रमिक निर्धारण गर्ने, २ जना सञ्चालकको निर्वाचन गर्ने र सञ्चार खर्च वृद्धि गर्ने लगायतका प्रस्ताव तय गरिएका छन् ।
सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले चैत १५ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । बुक क्लोजको आधारमा चैत १४ गतेसम्म कायम सेयरधनी मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया दिनुहोस्