काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा पुनः सुनिता आचार्य नियुक्त भएकी छन् । लघुवित्तले सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी सुनिता आचार्यलाई पुनः सञ्चालक पदमा नियुक्त गरेको हो ।
आचार्यको सञ्चालक पदको कार्यकाल २०८१ साल चैत ४ गते समाप्त भएकाले रिक्त पद पूर्तिका लागि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा २ (ख), कम्पनी ऐन, २०६३ को दफा ८७ को उपदफा १ (२) तथा बैंकको नियमावलीअनुसार निर्णय गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्