Skip to content
Prabhu

नेपाल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज चैत ६ गते अन्तिम दिन हो । कम्पनीले ७६ औं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि चैत ७ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर समेत) वितरणको निर्णय गरेको छ । उक्त लाभांश पारित गर्न यही चैत १९ गते मंगलबारको दिन कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान ११ बजेदेखि कम्पनीको सभा बस्दैछ ।

global
अर्घाखाँची सिमेन्ट
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal