Skip to content

रिलायबल लाइफको बीमालेख नविकरणमा सतप्रतिशत छुट

काठमाडौं । रिलायब नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेख नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने निर्णय गरेको छ । कम्पनीबाट जारी भएका बीमालेखहरूको बीमा शुल्क तिर्न बाँकी रहेका बीमितहरूले यही चैत ३१ गतेसम्म नविकरण गर्दा उक्त छुट सुविधा प्राप्त गर्न सकिने कम्पनीले जानकारी दिएको छ ।

साथै यस्तो छुट सुविधा बीमा अवधिभर एक पटक मात्र प्रदान गरिने सूचनामा उल्लेख गरिएको छ । बीमालेख नविकरण कनेक्ट आईपीएस, इसेवा, खल्ती, आइएमई पे जस्ता डिजिटल माध्यमको भुक्तानीबाट पनि हुने कम्पनीले जनाएको छ ।

अर्घाखाँची सिमेन्ट
Hyundai

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्