Skip to content

सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट

काठमाडौं । बुधबारको सेयर कारोबार जारी रहँदा सामुदायिक लघुवित्तको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । अघिल्लो दिन पनि नकारात्मक सर्किट नै लागेर कारोबार बन्द भएको यो कम्पनीको सेयर मूल्यमा आज पनि नकारात्मक सर्किट नै लागेको हो ।

यो कम्पनीको सेयर मूल्य आज २३७ रुपैयाँले घटेर २ हजार १३३ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले कम हो । यो अवस्थामा समग्र सेयर बजार परिसूचक पनि १ दशमलव ०८ अंकले घटेर २६९५ दशमलव ९५ विन्दुमा पुगेको छ । यो अवधिमा सेयर बजारमा १ अर्ब ७८ करोड माथिको कारोबार भएको छ ।

Hyundai
Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्