Skip to content

सेयर बजार घटेर कारोबार भएको दिन मिथिला लघुवित्तको सेयर मूल्य ९ प्रतिशतको वृद्धि

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेर कारोबार बन्द भयो । जम्मा ५४ कम्पनीको सेयर मूल्य बढेको दिन मिथिला लघुवित्तको सेयर मूल्यमा भने ९ प्रतिशत भन्दा बढीले बढेर कारोबार भएको छ ।

आज मिथिला लघुवित्तको सेयर मूल्य १७० रुपैयाँले बढेर १ हजार ९८० रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.३९ प्रतिशतले बढी हो । त्यस्तै आज गरिमा समृद्धि योजनाको सेयर मूल्य पनि ७.६९ प्रतिशत अर्थात् ०.७० रुपैयाँले बढेर ९ रुपैयाँ ८० पैसा पुगेको छ ।

Hyundai

त्यस्तै, आज भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको सेयर मूल्य पनि ६४ रुपैयाँले बढेर ९४८ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७.२४ प्रतिशतले धेरै हो । आज धेरै मूल्य बढ्ने शीर्ष पाँच कम्पनीमा ग्रिन डेभलपमेन्ट बैंक रहेको छ ।

यो स्टकको सेयर मूल्य ९४ रुपैयाँले बढेर १ हजार ४३७ रुपैयाँ पुगेको छ । यो अघिल्लो दिनको भन्दा ७ प्रतिशले बढी हो । आज रावा इनर्जीको सेयर मूल्य पनि ३.५६ प्रतिशत अर्थात् ३१ रुपैयाँले बढेर ९०२ रुपैयाँ १० पैसा पुगेको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्