Skip to content
Prabhu

सानिमा जिआईसीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज (चैत ७ गते) अन्तिम दिन रहेको छ । कम्पनीले ७ औँ वार्षिक साधारणसभा तथा लाभांश वितरणका लागि भोलि चैत ८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले हाल कायम चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने निर्णय गरेको छ । उक्त निर्णय पारित गर्न यही चैत २१ गते अमृतभोग, कालिकास्थानमा बिहान ११ बजेदेखि सभा बस्दैछ ।

global
अर्घाखाँची सिमेन्ट

सभाले २५ प्रतिशत हकप्रद सेयर संशोधन गरी १७ प्रतिशत हकप्रद जारी गर्ने, गत आवमा भएको खर्च अनुमोदन गर्ने, सञ्चालक समितिको बैठक भत्ता संशोधन गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal