Skip to content

बैंकहरूको निक्षेप खाता र कर्जा खाता बीचको अन्तर ५ करोड ६० लाख

काठमाडौं । पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप खाता र कर्जा खाता बीचको अन्तर ५ करोड ६० लाखभन्दा माथि रहेको देखिएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार माघ मसान्तसम्मको अवधिमा बैंक तथा वित्तीय संस्थाहरुमा निक्षेप खाता र कर्जा खाताको अन्तर ५ करोड ६० लाख ३२ हजार ६६९ ले बढी रहेको हो ।

माघ मसान्तसम्म सञ्चालनमा रहेका ५४ वटा बैंक तथा वित्तीय संस्थामा खोलिएका नक्षेप खाताको खाता संख्या ५ करोड ७९ लाख ६२ हजार ४६२ छ । माघसम्म कुल कर्जा खाता संख्या १९ लाख २९ हजार ७९३ मात्र छ । एक वर्षअघि २०८० माघ मसान्तमा बैंक तथा वित्तीय संस्थामा सञ्चालनमा रहेका निक्षेप खाताको संख्या ५ करोड ४० लाख ७७ हजार ७३ थियो । जुन कुल कर्जा खाताको तुलनामा ५ करोड ५२ लाख ५ हजार ८१४ वटाले बढी हो ।

Hyundai

गत वर्ष माघसम्म कुल कर्जा खातासंख्या १८ लाख ७१ हजार ६५९ मात्र थियो । गत माघसम्म वाणिज्य बैंकहरूमा मात्र सञ्चालनमा रकेको निक्षेप खाताको संख्या ४ करोड ९६ लाख ५८ हजार ६१८ छ । जुन कुल कर्जा खाताको तुलनामा ४ करोड ८० लाख ४७ हजार १६१ वटाले बढी हो ।

वाणिज्य बैंकहरूमा कुल कर्जा खाता १६ लाख ११ हजार ४५७ वटा सञ्चालनमा छन् । एक वर्षअघि २०८० माघ मसान्तमा कुल निक्षेप र कर्जा खाता संख्याको फरक ४ करोड ४८ लाख २८ हजार ३५ थियो । गत वर्ष वाणिज्य बैंकहरूमा सञ्चलन रहेका निक्षेप खाता संख्या ४ करोड ६३ लाख ६८ हजार २९८ र कर्जा खाता संख्या १५ लाख ४० हजार २६३ थियो ।

विकास बैंकहरूमा गत माघसम्म कुल कर्जा खाताको तुलनामा निक्षेप खाता संख्या ७० लाख ८६ हजार तीन सय ७० वटाले बढी छ । राष्ट्र बैंकका अनुसार निक्षेप खाता ७३ लाख ६० हजार ३९३ वटा र कर्जा खाता दुई लाख ७४ हजार २३ छ । १ वर्षअघि निक्षेप खाता ६८ लाख ६४ हजार ८०७ र कर्जा खाता संख्या २ लाख ८९ हजार ९६ थियो ।

फाइनान्स कम्पनीहरूमा कुल निक्षेप र कर्जा खाता संख्याको बीचमा ८ लाख ९९ हजार १३८ वटाले फरक छ । यस अवधिमा फाइनान्स कम्पनीहरूमा ९ लाख ४३ हजार ४५१ वटा निक्षेप खाता सञ्चालनमा रहेकोमा कर्जा खाताको संख्या भने ४४ हजार ३१३ वटा मात्र रहेको छ । एक वर्षअघि फाइनान्स कम्पनीहरूमा निक्षेप र कर्जा खाता संख्याको बीचमा ८ लाख २ हजार ६८ वटाले फरक देखिएको थियो ।

उक्त अवधिमा फाइनान्स कम्पनीहरूमा सञ्चालनमा रहेको कुल निक्षेप खाताको संख्या ८ लाख ४४ हजार ३६८ पुग्दा कर्जा खाताको संंख्या ४२ हजार ३०० मात्र थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्