काठमाडौं । सिद्धार्थ बैंक र एलकेएस डेन्टल सोलुसनसबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौताअनुसार बिजुलीबजारस्थित एलकेएस डेन्टल सोलुसनसमा बैंकको कार्ड तथा मोबाईल बैंकिङ सेवाबाट भुक्तानी गर्दा दाँतसम्बन्धी सेवामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।
उक्त सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्