काठमाडौं । डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुयोग श्रेष्ठ पुनः अध्यक्षमा चयन भएका छन् । बिहीबार पोखरामा आयोजना गरिएको एसोसिएसनको १९ औं वार्षिक साधारणसभाले उनलाई अध्यक्षमा चयन गरेको हो ।
एसोसिएसनको उपाध्यक्षमा कामना सेवा विकास बैंकका दिनेश थकाली, सचिवमा गरिमा विकास बैंकका माधवप्रसाद उपाध्यक्ष र कोषाध्यक्षमा ज्योति विकास बैंकका कपिल ढकाल चयन भएका छन् ।
त्यस्तै, सदस्यहरुमा लुम्बिनी विकास बैंकको नरेश सिंह बोहरा, साइन रेसुंगा डेभलपमेन्ट बेंकका प्रकाश पौडेल, महालक्ष्मी विकास बैंकको दिपेश लम्साल, ग्रिन डेभलपमेन्ट बैंकको हरिबहादुर बुढाथोकी र सप्तकोशी डेभलपमेन्ट बैंकका दिनेश पोखरेल चयन भएका छन् ।
एसोसिएसनको १९ औं वार्षिक साधारणसभाले आव २०८०/८१ को लेखापरीक्षण प्रतिवेदन,अध्यक्षको प्रतिवेदन, आव २०८१/८२ को अनुमानित आय ब्यय र लेखापरिक्षक नियुक्ति लगायतका प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्