काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रबार कम्पनीको ८ औँ वार्षिक साधारणसभा नयाँ बानेश्वरस्थित अनमोट बैंक्वेटमा सम्पन भएको हो ।
सभाले चुक्ता पुँजीको ९.२४८९ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । कम्पनीले पारित गरेको लाभांशमध्ये १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव पारित गरेको छ । बोनस सेयर वितरणपछि पुँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गरेको छ ।
यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाले पारित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्