Skip to content
Prabhu

सामसङ नेपालको नयाँ ग्यालेक्सी ए५६ ५जी स्मार्टफोनको प्रि–अर्डर घोषणा

काठमाडौं । सामसङ नेपालले पहिलोपटक आफ्नो नयाँ ग्यालेक्सी ए५६ ५जी स्मार्टफोनको प्रि–अर्डर घोषणा गरेको छ । २१ मार्चदेखि २४ मार्च २०२५ सम्म उपभोक्ताहरूले नयाँ ग्यालेक्सी ए५६ ५जी प्रि–अर्डर गरी विशेष अफरहरूको लाभ उठाउन सक्नेछन् ।

ग्यालेक्सी ए५६ ५जीले पहिलो पटक असम इन्टेलिजेन्ससहितको एआई अनुभव ल्याएको कम्पनीले जनाएको छ । वन यु१७ द्वारा सञ्चालित यस डिभाइसले सहज र शक्तिशाली एआई टुलहरू प्रदान गर्दै खोजी र भिजुअल अनुभवलाई नयाँ उचाइमा पुर्‍याएको कम्पनीले जनाएको छ ।

global
अर्घाखाँची सिमेन्ट

साथै, यसको उच्चस्तरीय क्यामेरा प्रविधि, टिकाउपन र उन्नत सुरक्षा विशेषताहरूले प्रयोगकर्तालाई सुरक्षित, भरपर्दो र रमाइलो मोबाइल अनुभव सुनिश्चित गर्दछ ।

सामसङ नेपालका निर्देशक प्रणय रत्न स्थापितले भने, ‘ग्यालेक्सी ए श्रृंखलामा सामेल भएको नयाँ अवेसम इन्टेलिजेन्सले हाम्रो ‘एआई फर अल’ अभियानलाई अझ मजबुत बनाउँदैछ। हामी सबै प्रयोगकर्तालाई सुरक्षित र भरपर्दो अनुभवका साथ रचनात्मकतामा नयाँ सम्भावनाहरू खुला गर्न पाउँदा उत्साहित छौँ ।’

विशेष प्रि–अर्डर अफरहरू

–२ हजार रुपैयाँ तिरेर ग्यालेक्सी ए५६ ५जी प्रि–अर्डर गर्न सकिनेछ ।
–प्रि–अर्डर गर्ने ग्राहकहरूले ७ हजार ९९९ रुपैयाँ मूल्य पर्ने ग्यालेक्सी फिट३, केवल ३ हजार ९९९ रुपैयाँमा प्राप्त गर्ने अवसर पाउनेछन् ।

उपलब्ध भेरियन्टहरू

१२ जीबी र्‍याम स: २५६ जिबी स्टोरेज भएको स्मार्टफोनलाई ७० हजार ९९९ रुपैयाँ
८ जीबी र्‍याम: २५६ जिबी स्टोरेज भएकोलाई ६५ हजार ९९९ रुपैयाँ तोकिएको छ ।

इमेल सुविधा:

सामसङ InstaFinance सेवा अन्तर्गत Hulas Finserve Higher Purchase Ltd. मार्फत देशभरका आधिकारिक सामसङ स्टोरहरूमा o% ब्याजदरमा सजिलो EMI योजनामा पनि उपलब्ध छ । प्रक्रियाका लागि केवल नागरिकता प्रमाणपत्रको आवश्यकता पर्नेछ ।

 

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal