काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड आईएसओ ९००१ः२०१५ णुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ । कम्पनीले अन्तर्राष्ट्रिय मानकीकरण सङ्गठन (आईएसओ) द्वारा प्रदान गरिने यो प्रमाणपत्रले पाएको हो ।
यो सँगै कम्पनीमा गुणस्तर व्यवस्थापन प्रणाली (क्यूएमएस) को आवश्यक मापदण्डहरू अवलम्बन भएको सुनिश्चित गरेको छ । कम्पनीका अनुसार आइएमई लाइफ आईएसओ प्रमाणपत्र प्राप्त गर्ने सीमित बीमा कम्पनीहरूमध्ये एक भएकोले यसले ग्राहकहरूको कम्पनीप्रति विश्वास बढाएको छ । साथै कर्मचारी र अभिकर्ताहरूलाई अझ गुणस्तरीय सेवा प्रदान गर्न प्रेरित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्