Skip to content
Prabhu

साताको सेयर : २.४५ प्रतिशतले घट्यो नेप्से, औसत कारोबार ५ अर्बमा सीमित

काठमाडौं । यस साता नेप्से परिसूचक करिब साढे २ प्रतिशतले घटेर बन्द भएको छ। गत साता २७३६.४८ विन्दुमा बन्द भएको नेप्से, यस साता २.४५ प्रतिशत अर्थात ६७.१७ अंक घटेर २६६९.३१ विन्दुमा झरेको छ। यस साता ५ कारोबार दिनका लागि बजार खुलेको थियो। ती सबै दिनहरुमा नेप्से घटेर बन्द भएको थियो ।

यस साता सेन्सेटिभ इण्डेक्स ११.३३ अंक घटेको छ भने फ्लोट इण्डेक्स ५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९१ अंक घटेको छ। नेप्सेसँगै यस साता कारोबार रकम पनि घटेको छ। गत साता दैनिक औषतमा ८ अर्ब ७७ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब २६ करोडको सेयर किनबेच भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४०.०६ प्रतिशत घटेको हो।

global
अर्घाखाँची सिमेन्ट

यस साता दैनिक औषत सेयर संख्या ४६.२० प्रतिशत घटेको छ भने दैनिक औषत कारोबार संख्या ३५.८० प्रतिशत घटेको छ । यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि करिब साढे २ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ४३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता १ खर्ब ११ अर्ब रुपैयाँ घटेर ४४ खर्ब ३२ अर्ब रुपैयाँमा झरेको छ।

यस साता १३ वटा उपसमूहमध्ये एक उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ। यस साता व्यापार उपसमूहको परिसूचक १.५७ प्रतिशत बढेको छ। गत साता ४१०३.४० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ६४.४४ अंक बढेर ४१६७.८४ विन्दुमा पुगेको छ।

यस साता वित्त उपसमूहको परिसूचक सर्वाधिक ४.१९ प्रतिशत घटेको छ। गत साता २६६९.०० विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता १११.७८ अंक बढेर २५५७.२२ विन्दुमा झरेको छ। अंकका आधारमा भने यस साता जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५१९.८२ अंक घटेको छ।

यस साता ग्रीन डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ७.४६ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन अप्पर हेवाखोला हाइड्रोपावर कम्पनीको शेयरमूल्य ७.४४ प्रतिशत र मिथिला लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य ७.१६ प्रतिशत बढेको छ।

कारोबारमा आएको पिपुल्स हाइड्रोपावर कम्पनीको सेयरमूल्य सर्वाधिक १२.९० प्रतिशत घटेको छ। त्यसैगरी, यस साता महालक्ष्मी विकास बैंकको सेयरमूल्य १२ प्रतिशतभन्दा बढी घटेको छ भने प्रभु इन्स्योरेन्सको सेयरमूल्य करिब साढे १० प्रतिशत घटेको छ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal