काठमाडौं । यस साता नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्यले रेकर्ड बनाएसँगै नेपाली बजारमा पनि सुनको मूल्यले रेकर्ड बनाएको हो ।
यस साताको बुधबार, छापावाल सुनको मूल्य १ लाख ७६ हजार रुपैयाँ पुगेको थियो। जुन हालसम्मकै उच्च मूल्य हो। साताको पहिलो दिन तोलाको १ लाख ७४ हजार १०० रुपैयाँमा कारोबार भएको सुनको दोस्रो दिन अर्थात सोमबार पनि सोही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी, मंगलबार प्रतितोला १ लाख ७५ हजार २०० रुपैयाँ पुगेर रेकर्ड बनाएको सुनको मूल्यले, बुधबार सोही रेकर्डलाई तोड्दै पुनः नयाँ रेकर्ड बनाएको हो । बुधबार सुन तोलामा १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपाली बजारमा सुन बिहीबार पनि बुधबारकै मूल्यमा कारोबार भएको थियो ।
शुक्रबार भने सुन तोलामा १ हजार रुपैयाँ घटेर १ लाख ७५ हजार रुपैयाँमा कारोबार भएको थियो । यस साता नेपाली बजारमा चाँदीको मूलय भने केही घटेको छ। आइतबार प्रतितोला २ हजार ४५ रुपैयाँमा कारोबार भएको चाँदी, साताको अन्तिम कारोबार दिन १ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ।
प्रतिक्रिया दिनुहोस्