Skip to content
Prabhu

एखुवा खोलामा पक्की पुल निर्माण सम्पन्न, लागत ७ करोड ३७ लाख

भोजपुर । एखुवा खोलामा ७ कराड ३७ लाखको लागतमा पक्की पुल निर्माण गरिएको छ । हतुवागढी हसनपुर–९ र आमचोक गाउँपालिका–८ जोड्ने यो पुल कोशी प्रदेश सरकारअन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरले निर्माण गरेको हो। एउटा स्पानमा निर्माण भएको उक्त पुलको लम्बाइ ३७ मिटर रहेको छ ।

विसं २०७९ चैतदेखि निर्माण सुरु भएको सो पुलको निर्माण अवधि दुई वर्ष रहेको थियो । एखुवा खोला पक्की पुल निर्माण समय अवधिभित्र नै सम्पन्न भएको पूर्वाधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले बताए । पुल निर्माण सम्पन्न भएपछि सवारीसाधन सञ्चालनमा आएका छन् ।

global
अर्घाखाँची सिमेन्ट

पुल बनेसँगै स्थानीयलाई सहज भएको छ । प्रादेशिक सडक, पुल आयोजना कोशी प्रदेशका संयोजक सूर्यनारायण चौधरीका अनुसार पानीको बहावलाई ख्याल गरी पुल निर्माण गरिएको छ । पुल बनेपछि दक्षिणी क्षेत्रका नागरिकलाई आवतजावतमा सहज भएको हतुवागढी–९ हसनपुरका वडाध्यक्ष सञ्जाल राईले बताए । पुल निर्माण भएर सञ्चालनमा आएपछि यहाँका स्थानीयवासीको वर्षौंदेखिको समस्या अन्त्य भएको उनको भनाइ छ ।

वडाध्यक्ष राईले भने, ‘पुल नहुँदा धेरै जोखिम थियो । बाढी आएको बेला खोला पार गर्ने अवस्था थिएन । अब सहज भएको छ ।’

वर्षौंदेखि सास्ती भोग्दै आएको खोलामा पुल बनेपछि स्थानीयवासी खुसी भएका छन् । भौगोलिक रुपमा विकटतासँगै उदयपुर र भोजपुरलाई जोड्ने दूधकोशीमा पुल नहुँदा सामग्री ढुवानी गर्न समस्या भएको थियो ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal