Skip to content
Prabhu

भन्सार छली ल्याइएका मोबिल र मोटर पार्टससहित पक्राउ

भद्रपुर । जिल्ला प्रहरीले नेपाल–भारत सीमा क्षेत्र हुँदै अवैध रूपमा भन्सार छली, चोरीपैठारी गरी ल्याइएका गाडीका मोबिल र अन्य पाटपुर्जा बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी खगेन्द्रबहादुर खड्काले मेचीनगर–६ कालिखोलास्थित भारतबाट नेपाल आउँदै गरेको अवैध सामानसहित भारतीय नम्बरको कार बरामद गरिएको जानकारी दिए । उनका अनुसार चेकजाँचका क्रममा कारको सिटमुनी ‘फल्सबटम’ बनाएर नौ लाख १५ हजार पाँच सय ८२ रुपैयाँ मूल्य बराबरका मोबिल र मोटरका पाटपुर्जा बरामद भएका हुन् ।

global
अर्घाखाँची सिमेन्ट

कार चालक भारत पश्चिम बङ्गाल दार्जिलिङका ३४ वर्षीय अमित सिंहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बरामद गरिएका सामानलाई आवश्यक कारबाहीका लागि मेची भन्सार कार्यालयमा बुझाएर थप अनुसन्धान सुरु गरिएको सूचना अधिकारी खड्काले जानकारी दिए ।

चिया निर्यात ५० दशमलव प्रतिशतले बढ्यो

मेची भन्सार कार्यालयबाट चालु आर्थिक वर्षको आठ महिनामा चिया निर्यात ५० दशमलव ४० प्रतिशतले बढेको छ । कार्यालयको तथ्यांक अनुसार गत साउनदेखि गत फागुनसम्ममा ३ अर्ब २० करोड दुई लाख ९१ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको हो ।

उक्त अवधिमा १२ हजार पाँच सय ७६ दशमलव ३५ मेट्रिकटन चिया निर्यात भएको कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईंले जानकारी दिनुभयो । गत आवको सोही अवधिमा २ अर्ब १२ करोड ७६ लाख ३७ हजार रुपैयाँ मूल्य बराबरको चिया निर्यात भएको थियो ।

कार्यालयका अनुसार चालु आवको फागुन मसान्तसम्म अलैँचीको निर्यात १२ दशमलव आठ प्रतिशतले बढेको छ । हुमागाईंका अनुसार चालु आवको आठ महिनामा पाँच अर्ब ८३ करोड ७३ लाख ६८ हजार रुपैयाँ मूल्य बराबरको अलैँची निर्यात भएको छ । गत आवको सोही अवधिमा पाँच अर्ब १७ करोड २६ लाख ९७ हजार रुपैयाँ मूल्य बराबरको अलैँची निर्यात भएको थियो ।

भन्सार कार्यालयका अनुसार सिमेन्ट क्लिङ्कर दुई सय चार दशमलव सात प्रतिशत, भेनियरसिट ७४ दशमलव तीन प्रतिशत र मोलासिसको निर्यातमा चार हजार पाँच सय ८९ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ ।

फलामे पाता, छुर्पी, अदुवा, काउली, बन्दागोपी, ब्रोकाउली, अम्रिसोलगायत वस्तुको निर्यातमा कमी आएको भन्सार प्रमुख हुमागाईंले जानकारी दिए । उनका अनुसार मेची भन्साबाट चालु आवको आठ महिनामा १७ अर्ब ९० करोड ६१ लाख २५ हजार रुपैयाँको वस्तु निर्यात भएको छ ।

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2025 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal